Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • अफगानिस्तानमा बाढीका कारण दश जनाको मृत्यु, सयौं घरहरू ध्वस्त

    अफगानिस्तानमा बाढीका कारण दश जनाको मृत्यु, सयौं घरहरू ध्वस्त

    अनलाइन नेपाल
  • आइतबार, ५ भाद्र २०७९
  • 1.1K
    SHARES

    काठमाडौँ । अफगानिस्तानको पूर्वी प्रान्त लोगारमा शनिबार आएको बाढीमा परी कम्तीमा १० जनाको ज्यान जानुको साथै सयौं घरहरू ध्वस्त भएका सरकारी समाचार संस्था बख्तरले आइतबार जनाएको छ ।

    भारी वर्षापछि आएको बाढीको कारण शनिबार दिउँसो लोगार प्रान्तको खुशी जिल्लाका धेरै गाउँहरुका दश जनाको मृत्यु भएको छ र सयौं घरहरु बगाएको वा नराम्ररी क्षति पुगेको समाचार बख्तरले जानकारी दिएको छ ।



    बाढीले खुसी जिल्ला आसपासका सयौं हेक्टर खेतबारीसमेत नष्ट गरेको छ ।



    विगत केही महिनामा युद्धग्रस्त यस देशका ३४ प्रान्तमध्ये दश प्रान्तमा अविरल वर्षा र बाढीका कारण दुई सय भन्दा बढी व्यक्तिको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार