Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • केन्याद्वारा नेपाललाई १३३ रनको लक्ष्य

    केन्याद्वारा नेपाललाई १३३ रनको लक्ष्य

    अनलाइन नेपाल
  • शुक्रबार, १० भाद्र २०७९
  • 858
    SHARES

    काठमाडौं । घरेलु टोली केन्याले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई दोस्रो टी–ट्वान्टी खेलमा १३३ रनको लक्ष्य दिएको छ । नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको केन्याले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३२ रन बनायो ।

    केन्याका लागि राकेप पटेल ३५ रनको योगदान गरे । त्यस्तै नेहिमा ओडिम्बोले २९ रन बनाउँदा इर्फान करिम २२ रन बनाए । बलिङतर्फ नेपालका लागि कप्तान सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरीले समान तीन–तीन विकेट लिए ।



    त्यस्तै करण केसीले दुई विकेट लिँदा पवन सरार्फले एक विकेट लिए । आजको खेलमा जित निकाल्दै नेपाल लगातार दोस्रो जित निकाल्ने योजनामा छ । पहिलो खेलमा नेपालले केन्यालाई पाँच विकेटले हराएको थियो ।



    पाँच खेलको टी–ट्वान्टी सिरिजको तेस्रो खेल भदौ १२ गते हुनेछ । यसपछि नेपालले एकदिवसीय खेल खेल्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार