Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • अभिनेत्री मानन्धर र निहारिकाको द्वन्द्वले लियो नयाँ रुप

    करिश्मा मानन्धर भन्छिन्–म जहिले पनि पीडितकै पक्षमा उभिन्छु

    करिश्मा मानन्धर भन्छिन्–म जहिले पनि पीडितकै पक्षमा उभिन्छु

    अनलाइन नेपाल
  • शुक्रबार, १० भाद्र २०७९
  • 2.1K
    SHARES

    काठमाडौं । अभिनेत्री करिश्मा मानन्धर र कुमारी आमा भनेर चिनिएका निहारिका राजपूतबीचको द्वन्द्वले नयाँ रुप लिएको छ । निहारिका समस्यामा परेको सुनेलगत्तै सहयोग गर्न पुगेकी अभिनेत्री मानन्धरलाई आज निहारिकाले आफूलाई सहयोगग गरेको २१ हजार रुपैयाँ र छोरालाई किनिदिएको चश्मा फिर्ता गरेपछि चौतर्फी रुपमा नायिकाविरुद्ध समाचार भाइरल बने ।

    तर, नायिका मानन्धरले सहयोग गर्न छाडेपछि निहारिका उनीविरुद्ध लागेको आरोप पनि लाग्न थालेको छ । निहारिकाको यथार्थ बुझेपछि सहयोग गर्न छाडेर अभिनेत्री मानन्धरले सत्य तथ्य बाहिर ल्याउन प्रयास गरेकी थिइन् । सहयोग नपाउने र आफ्नो पोल खुल्ने भएपछि निहारिकाले आज नयाँ जुक्ति निकालेर विभिन्न व्यक्तिहरुलाई बोकेर नायिका मानन्धरले दिएको रकम फिर्ता गर्न उनी सहभागी भएको सार्वजनिक कार्यक्रममै पुगेकी थिइन् ।



    गत असारमा निहारिका अनसनमा बसेको बेला करिश्माले उनलाई आर्थिक सहयोग गरेकी थिइन् । गत साता निहारिकाका निजी तस्वीर सेयर गरेपछि करिश्मा र निहारिकाबीच मनमुटाव सुरु भएको थियो ।



    निहारिकाले अदालतमा विचाराधिन रहेको मुद्दामा आफ्नो अनुमतिविना निजी तस्बिरहरु सामाजिक संजाल फेसबुकबाट सार्वजनिक गरेको भन्दै मानन्धरविरुद्ध उजुरी दिने बताएकी छन् ।

    पीडित भनिएकी निहारिकाले आफू बलात्कारमा परेको बताइरहँदा आरोप लागेका व्यक्तिसँग खिचेको फोटो सार्वजनिक भएपछि उनले नायिकाविरुद्ध उजुरी दिने भन्दै सञ्चारमाध्यमहरुलाई अन्तर्वार्ता नै दिएकी छन् ।

    काठमाडौंमा अनसन बसेर र राष्ट्रपति भवन अगाडि आत्मदाहको समेत प्रयास गरेर चर्चा बटुलेकी निहारिका यथार्थ बाहिर आउने डरले आफूविरुद्ध खनिएको अभिनेत्री मानन्धर बताउँछिन् ।

    अदातमा भएको मुद्दाको बारेमा अहिले धेरै बोल्न जरुरी नभएको भन्दै अभिनेत्री मानन्धरले निहारिकाको व्यवहार ठिक नभएको बताइन् । मानन्धरले आफ्नो चरित्र हत्या गरेको आरोप लगाएकी निहारिकाले सबैलाई धोका दिन खोजेको समेत अभिनेत्री मानन्धरको दावी छ ।

    सरकारले निहारिकसँग गरेको सम्झौता पालना नभएको भन्दै दोस्रो चोटि आन्दोलन गर्दा करिष्मा मानन्धरले निहारिक र आरोपितसँगै रहेका केही तस्बिर सार्वजनिक गरिदिएकी थिइन् । त्यसपछि उनीहरुबीच द्वन्द्व बढेको थियो ।

    अभिनेत्री मानन्धरले अनलाईन नेपालसँग कुरा गर्दै भनिन्–निहारिकाले एनसेलमा जागिर खाइरहेका आरोपी शिवराज श्रेष्ठलाई त्यहाँबाट जसरी पनि हटाउनु पर्यो भनेर हारगुहार गर्न आउँदा त्यसो गर्न हुँदैन, उसलाई कानूनले नै सजाय दिन्छ भनेपछि निहारिका मसँग रिसाएकी हुन् ।’

    अर्को कुरा निहारिकाले अहिले जे भनेर आन्दोलन गरिरहेकी छन्, महिला आयोगमा दर्ता भएको उजुरीमा त्यो भन्दा फरक विषयवस्तु पाएपछि आफू छाँगाबाट खसेजस्तो भएको पनि अभिनेत्री मानन्धरले बताइन् । निहारिकाले महिला आयोगमा श्रीमान्को नाता कायम गरी पाऊँ भन्ने जस्तो आशय राखेर निवेदन दिएको उनको भनाई छ ।

    पहिलो पटक सानो बच्चालाई बोकेर आन्दोलन गरेको देखेपछि आफू सहयोग गर्न पुगेको र निहारिकाले जे भन्यो त्यहि पत्याएको पनि मानन्धरको भनाई छ । तर, एकपछि अर्को गर्दै फरक कुरा र विषयबस्तु आउन थालेपछि आफू टाढा भएको र कसैले आफूलाई पठाएको फोटो सामाजिक सञ्जालमा हालेको उनले बताइन् ।

    उनले भनिन्–‘म त सोझो मान्छे, जसले जे भन्यो त्यहि पत्याएँ । दुःखमा परेको देखेपछि सहयोग गर्न मन लाग्यो । तर, अहिले गलत ठाउँमा हात हालेछु भन्ने भइरहेको छ । सहयोग गर्छु भनेर हात अगाडि बढाइहाले, अहिले सहयोग गरौं भने आज ममाथि यस्तो दुव्र्यवहार भयो, नगरौ भने त्यसै छाड्न पनि मनले मानेको छैन ।’

    निहारिकाले अनसनमा बस्छु भन्दा मुद्दा परिसकेको छ अब कानूनले न्याय दिन्छ । बच्चालाई दुःख हुन्छ यसो नगर भनेर आफूले सम्झाउँदा निहारिकाले नमानेको पनि उनले बताइन् । उनले भनिन्–‘मैले निहारिकालाई पीडित होइनन् भन्न खोजेको होइन, बच्चा जन्मिसकेको अवस्थामा केटाले छोड्न मिल्दै मिल्दैन । तर अदालतले डिएनए टेस्ट समेत गर्न आदेश दिइसकेको अवस्थामा हामी केटाको विरुद्धमा लाग्नु उचित होइन भन्ने मात्रै मेरो आशय हो ।’

    ‘निहारिकाले आफ्नो जीवन नै सार्वजनिक गरिसकेकी छन् । तर, मैले फेसबुकमा हालेको फोटोले उनको चरित्र हत्या भएको भनेर जुन आरोप लगाइन् त्यो सरासर गलत हो । उनले खिचेका फोटोहरु हालेको थिएँ । त्यो पनि हटाइसके ।’–उनले थप भनिन् ।

    ‘मैले बुझे अनुसार उनीहरु दुई जना मिलेर गरेको गल्ती रहेछ । बलात्कार किन भन्नु पर्यो ? केटाले स्वीकार नगरे त्यहि अनुसारको कानून लगाएत भइहाल्यो भन्ने मेरो तर्क हो ।’ उनले थप भनिन् ।

    आज सार्वजनिक कार्यक्रममै पुगेर गरेको हर्कत देख्दा भोलिका दिनमा निहारिकाले आफूविरुद्ध जस्तोसुकै हत्कण्डा अपनाउन सक्ने भन्दै अभिनेत्री मानन्धरले आफू जहिले पनि पीडितको पक्षमा भएको दावी गरिन् ।

    अभिनेत्री मानन्धरले आफूले निहारिकालाई आर्थिक मात्रै नभई अन्य सहयोग गरेको समेत बताइन् । निहारिकाले कानुन विषय पढ्छु भनेपछि ल कलेजसम्म पुगेको बताएकी मानन्धरले गृह मन्त्रालयमा समेत आफ्नै इमेलबाट निहारिकाको सहयोगका लागि पत्र पठाएको बताइन् ।

    अभिनेत्री मानन्धरले निहारिकाका आमा बुबालाई छोरीलाई सम्झाउन आग्रह गर्दै बच्चा र उनको भविश्यमाथि खेलवाड नगरिदिन आग्रह समेत गरेकी छन् ।

    निहारिकाले आफू १७ वर्षको हुँदा शिवराज श्रेष्ठले नशालु पदार्थ खुवाएर बलात्कार गरेको र त्यसैबाट जन्मेको छोरा २३ महिनाको हुँदा पनि न्याय नपाएको भन्दै आन्दोलन गर्दै आएकी छिन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार