Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • इन्जिनियर र बिचौलिया घुस रकमसहित पक्राउ

    इन्जिनियर र बिचौलिया घुस रकमसहित पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, ११ भाद्र २०७९
  • 999
    SHARES

    काठमाडौं । यातायात व्यवस्था कार्यालय कर्णाली प्रदेशका मेकानिकल इञ्जिनियर र एक जना बिचौलिया घुस रकमसहित पक्राउ परेका छन्।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतको टोलीले उनीहरूलाई तीन हजार रूपैयाँ घुससहित पक्राउ गरेको हो । इन्जिनियर बमलाई विल बुक नवीकरण, जाँच पास नविकरण गरिदिने भन्दै सेवाग्राहीसँग उनले तीन हजार घुस लिएका थिए ।



    विल बुक, जाँच पास नविकराण र रुटप्रमीट गरिदिने आश्वासनमा घुस माग गरेको भन्ने सूचनाका आधारमा खटिई गएको अख्तियारको टोलीले बिचौलिया निरक बहादुर शाही र बमलाई रिसवत बापतको रकम लिई सकेको अवस्थामा पक्राउ गरेको हो ।



    शुक्रबार घुस रकमसहित दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार