Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • सरकारको होसियारीले नेपाल श्रीलंकाको बाटोमा जान पाएन : अर्थमन्त्री शर्मा

    सरकारको होसियारीले नेपाल श्रीलंकाको बाटोमा जान पाएन : अर्थमन्त्री शर्मा

    अनलाइन नेपाल
  • शनिबार, १८ भाद्र २०७९
  • 873
    SHARES

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सरकारले होसियारी अपनाएका कारण नेपालको अर्थतन्त्र श्रीलंकाको बाटोमा जान नपाएको बताएका छन् ।

    नेपाल आर्थिक पत्रकार समाजको २४औं वार्षिक साधारणसभाका अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् ।



    उनले भने, ‘सरकारले होसियारीपूर्वक लिएका नीतिहरूका कारण नेपाल श्रीलंकाको बाटोमा जान पाएन।’



    अर्थतन्त्रका सूचकांक सकारात्मक बाटोमा रहेको भन्दै उनले आगामी दिनमा सझै सकारात्मक हुने उल्लेख गरे ।

    उनले बजेटमा निर्यात प्रवर्द्धन गर्न लिएका नितिको फाइदा लिन व्यवसायीसङ्ग उनले आह्वान समेत गरे ।

    गत आर्थिक वर्षका गल्तीबाट पाठ सिकेर सरकारले काम गरिरहेको उनले बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार