Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • बागलुङ नगरपालिकाका तत्कालीन उपप्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

    बागलुङ नगरपालिकाका तत्कालीन उपप्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

    अनलाइन नेपाल
  • आइतबार, १९ भाद्र २०७९
  • 693
    SHARES

    बागलुङ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बागलुङ नगरपालिकाका तत्कालीन उपप्रमुख सुरेन्द्र खड्कासहित ५ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ ।

    ३४ लाख ८० हजार १३२ रुपैयाँ बिगोसहित उपप्रमुख खड्का, तत्कालीन वडाध्यक्ष जीवन आचार्य, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत



    भीमबहादुर कुँवर, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत हिमालयजिवी उपाध्याय र तत्कालीन राजस्व शाखा सदस्य सचिव काशीराम शर्माविरुद्ध आइतवार विशेष अदालतमा मुद्दा दर्ता गरिएको हो ।



    ढुंगा, गिट्टी, बालुवाको बिक्री वितरणको लागि सूचना प्रकाशन गर्दा तथा ठेक्का लगाउँदा नेपाल सरकारलाई १७ लाख ४० हजार ६६ रुपैयाँ हानी नोक्सानी गरेको भन्दै मुद्दा दायर गरिएको हो ।

    प्रदेश सरकारले कानूनबमोजिम तोकेको दरमा सूचना प्रकाशन गरी ठेक्का लगाउनु पर्नेमा सो नगरी बिक्री वितरण दर कम निर्धारण गरी राजस्व संकलन गरेको अभियोगपत्रमा उल्लेख छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार