Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • अर्थमन्त्री शर्मा र एसियाली विकास बैंकका उपाध्यक्षबीच छलफल

    अर्थमन्त्री शर्मा र एसियाली विकास बैंकका उपाध्यक्षबीच छलफल

    अनलाइन नेपाल
  • शुक्रबार, २४ भाद्र २०७९
  • 768
    SHARES

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा र एसियाली बिकास बैंकका उपाध्यक्ष अशोक लाभाषाबीच छलफल भएको छ । नेपालको निजी क्षेत्रलाई प्रोत्साहित गर्न तथा सहुलियतपूर्ण ऋण उपलब्ध गराउने विषयमा बिहीबार साँझ उनीहरूबीच छलफल भएको हो ।

    अर्थमन्त्री शर्माका जनसम्पर्क सल्लाहकार मनऋषि धितालका अनुसार मन्त्री शर्माले प्रदेशगत सन्तुलन गरेर सहयोग बढाउँदा नेपालको ग्रामीण अर्थतन्त्रको विकास हुने बताए ।



    नेपाल सन् २०२६ सम्ममा अतिकम विकसित देशबाट स्तरोन्नति हुँदै गरेको हुनाले उक्त लक्ष्य हासिल गर्न निजी क्षेत्रको योगदान महत्वपूर्ण हुने मन्त्री शर्माको भनाइ थियो ।



    उनले जलवायु परिवर्तनमा कुनै योगदान नगरे पनि त्यसको मार भने खेपिरहेकाले नेपालमा हरित अमोनिया, हाइड्रोजनजस्ता वैकल्पिक ऊर्जा उद्योगमा सहयोग गर्न उपाध्यक्ष लाभाषासँग अनुरोध पनि गरे। नेपालको ग्रामीण अर्थतन्त्रलाई माथि उठाउन शिक्षा, स्वास्थ्य, खानेपानी पूर्वाधार क्षेत्रलगायतमा लगानी आवश्यक भएकाले एसियाली विकास बैंकको सहयोग अझै वृद्धि गर्न पनि मन्त्री शर्माले अनुरोध गरे ।

    कोभिड–१९ महामारीको बेला एसियाली विकास बैंकले गरेको सहुलियतापूर्ण ऋण र अनुदान सहयोगका लागि उनले धन्यवाद दिए । सो अवसरमा उपाध्यक्ष लाभाषाले एसियाली विकास बैंकले नेपाल सरकार र नेपाली जनताको सहयोगका लागि सधैँ हातेमालो गर्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार