Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • ‘ऐना झ्याल पुतली’ आजदेखि प्रदर्शन हुँदै

    ‘ऐना झ्याल पुतली’ आजदेखि प्रदर्शन हुँदै

    अनलाइन नेपाल
  • शुक्रबार, २४ भाद्र २०७९
  • 1.4K
    SHARES

    काठमाण्डाै । नेपाली चलचित्र ‘ऐना झ्याल पुतली’ आजदेखि प्रदर्शन हुँदैछ । हलवाला र वितरकबीचको लामो रस्साकस्सीबीच आज चलचित्र प्रदर्शन हुन लागेको हो ।

    ‘ऐना झ्याल पुतली’लाई नेपाली परिवेशको ‘अर्गानिक’ नेपाली फिल्म भनिएको छ । रङ्गकर्मीलगायतले यसको प्रशंसा गरेका छन् । यो फिल्मले दर्शकलाई आफ्नो बाल्यकालसँगै आफ्ना साथीभाइको सम्झना गराइदिन्छ । यस्तै, परिवार भित्रका सुख दुःखलाई चलचित्रले समेटेको छ ।



    फिल्म समीक्षक र प्रिमियरमा सहभागी दर्शकले यो फिल्मको प्रशंसा गरेका छन् ।



    १ करोड २५ लाख लगानीमा बनेको फिल्ममा सिरु विष्ट, कञ्चन चिमरिया, दिनेश खत्री, राज थापा, बिशा चामलिङ राई, उमेश श्रेष्ठ, मल्लिका श्रेष्ठलगायत कलाकारको अभिनय छ।

    आइसफल प्रडक्सन र लोकल सिनेमाको संयुक्त ब्यानरमा बनेको फिल्मलाई आकाश पौडेल, प्रविन स्याङ्बो, सुजित बिडारी, रामकृष्ण पोखरेल र सुशान्त श्रेष्ठ मिलेर निर्माण गरेका हुन्। अमर महर्जनले छायांकन गरेको फिल्मलाई किरण श्रेष्ठले सम्पादन गरेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार