Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • भारतको यस्तो गाउँ, जहाँ मानिस होइन कुकुर छन् करोडपति

    भारतको यस्तो गाउँ, जहाँ मानिस होइन कुकुर छन् करोडपति

    अनलाइन नेपाल
  • शुक्रबार, २४ भाद्र २०७९
  • 1.5K
    SHARES

    एजेन्सी । कुन मानिस धनी बन्न नचाहला र ? सबैको चाहना हुन्छ आफूसँग मनग्गे पैसा होस् । तर दुनियाँमा एउटा यस्तो गाउँ छ जहाँ मानिस होइन कुकुरहरु जमिन्दार तथा करोडपति छन् ।

    भारतको गुजरातस्थित मेहसाणामा रहेको चन्टोल गाउँ यस्तो गाउँ हो जहाँ कुकुरहरु करोडपति छन् । चन्टोल गाउँमा बितेको केही समय यता जमिनको मूल्य आकाशिएको छ ।



    मेहसाणा बाइपास बन्ने भएपछि त्यहाँको जमिनको भाउ असामान्य रुपमा बढेको छ । त्यसको ठूलो फाइदा स्थानीय कुकुरहरुलाई पनि पुगेको छ । वास्तवमा त्यहाँका कुकुरहरुको हेरचाह तथा लालन-पालनका लागि गाउँमा २१ बिघा जमिन गुठीको रुपमा राखिएको छ । उक्त जमिनबाट हुने आम्दानी कुकुरको नाममा जम्मा गरिन्छ ।



    रिपोर्ट अनुसार बाइपास नजिकै भएका कारण उक्त गुठीको जमिनको भाउ प्रतिबिघा साढे ३ करोड पुगेको छ । उक्त गुठीको मातहतमा ७० वटा कुकुर छन् । त्यसैले त्यहाँका हरेक कुकुरको नाममा करीब १ करोड भारु पर्न आएको छ ।

    उक्त गुठीका अध्यक्ष छगनभाई पटेलका अनुसार कुकुरको गुठीको हिस्सा बाँड्ने परम्परा सदियौंदेखि चलिआएको छ । उक्त परम्परा धनाढ्यहरुले सुरु गरेका थिए ।

    दान दिइएका स–साना टुक्रा जमिनबाट सुरु भएको गुठीमा अहिले २१ बिघा जमिन पुगेको छ । पटेल किसानहरुको एक समूहले पछिल्लो ८० वर्षदेखि उक्त जमिनको हेरचाह गर्दै आएको छ ।

    उक्त जमिनको अन्नपात बिक्री तथा भाडाबापत आउने रकम गुठीमा जम्मा गरेर गाउँका कुकुर तथा अन्य जनावरहरुको हेरचाहमा खर्च गरिँदै आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार