Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • बेलायती महारानीको निधनमा तीन दिन शोक मनाउने सरकारको निर्णय

    बेलायती महारानीको निधनमा तीन दिन शोक मनाउने सरकारको निर्णय

    अनलाइन नेपाल
  • शुक्रबार, २४ भाद्र २०७९
  • 783
    SHARES

    काठमाडौं । सरकारले संयुक्त अधिराज्य बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको निधनमा दिन शोक मनाउने निर्णय गरेको छ ।

    प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । उनको निधनप्रति नेपाल सरकारले गहिरो दुःख व्यक्त गरेको छ ।



    ‘यस दुखःद् घडीमा बेलायत सरकार, बेलायती जनता एवं शोक सन्तप्त बेलायती राजपरिवारप्रति नेपाल सरकार हार्दिक समवेदना व्यक्त गर्दछ’, विज्ञप्तिमा भनिएको छ।



    दिवंगत महारानीको सम्मानमा यही भदौ २५ देखि २७ गतेसम्म तीन दिन शोक मनाउने र नेपालभरका सरकारी कार्यालयहरु एवं विदेशस्थित नेपाली राजदूतावास र नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय मन्त्रिपरिषद बैठकले गरेको छ ।

    बेलायतकी महारानी एलिजावेथको ९६ वर्षको उमेरमा बिहीबार निधन भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार