Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • पछिल्लो २४ घण्टामा ६३ जना कोरोना सङ्क्रमण पुष्टि

    पछिल्लो २४ घण्टामा ६३ जना कोरोना सङ्क्रमण पुष्टि

    अनलाइन नेपाल
  • शनिबार, १ असोज २०७९
  • 630
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या ६३ जनामा झरेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार शनिबार ३ हजार ७४० जनामा गरिएको परीक्षणमा ६३ जना संक्रमित भेटिएका हुन्।



    यस्तै आज १३१ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने आज संक्रमणबाट हुने मृत्यु शून्य रहेको छ। मन्त्रालयका अनुसार हाल देशभर १ हजार ९६६ जना सक्रिय संक्रमित रहेका छन्।



    जसमा २० जना आइसियुमा ६४ जना संस्थागत आइसोलेशनमा र १ हजार ९०२ जना होम आइसोलेशनमा रहेका छन्।

    यस्तै काठमाडौं उपत्यकामा पनि सक्रिय संक्रमित घट्दै गएका छन्। जसमा काठमाडौंमा ७४७ जना ललितपुरमा ३१७ जना र ३२ जना रहेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार