Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • युरो २०२४ को छनोटमा रुसलाई प्रतिबन्ध

    युरो २०२४ को छनोटमा रुसलाई प्रतिबन्ध

    अनलाइन नेपाल
  • बुधबार, ५ असोज २०७९
  • 816
    SHARES

    काठमाडौं । युरोपियन फुटबलको सर्वोच्च निकाय यूइएफएले रुसलाई युरोकप २०२४ को छनोटमा प्रतिबन्ध गरेको छ ।

    युक्रेनमाथि आक्रमण गरेपछि यूइएफएले रुसलाई युरोकप छनोटमा प्रतिबन्ध लगाएको हो ।



    गत फेब्रुअरीबाट रुसले युक्रेनमाथि आक्रमण गरिरहेको छ । जसका कारण यूइएफए र फिफाले रुस र रुसी क्लबलाई प्रतिबन्ध लगाउँदै आएका छन् ।



    रुसले प्रतिबन्धविरुद्ध खेलकुदको न्यायिक निकाय आर्बिट्रेसन फर स्पोर्ट्स (कास) मा अपील गरेको पनि त्यो जुलाईमा खारेज भएको थियो ।

    ‘रुसलाई युरोपियन फुटबल च्याम्पियनसिप २०२२/२४ को छनोट ‘ड्र’ मा समावेश गरिएको छैन,’ यूईएफएले विज्ञप्तिमा भनेको छ ।

    युरो २०२४ छनोटको ‘ड्र’ आउँदो अक्टोबर ९ मा फ्रांकफर्टमा हुनेछ । युरो २०२४ जर्मनीले आयोजना गर्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार