Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • भारततर्फ लैजाँदै गरेको ६० केजी गाँजा बरामद

    भारततर्फ लैजाँदै गरेको ६० केजी गाँजा बरामद

    अनलाइन नेपाल
  • बिहिबार, १३ असोज २०७९
  • 738
    SHARES

    फाइल तस्विर

    बारा । प्रहरीले नेपालबाट भारततर्फ लैजाँदै गरेको ६० केजी अवैध लागूऔषध गाँजा बरामद गरेको छ।

    जिल्लाको सिम्रौनगढ नगरपालिका–१ ढाँटटोला नजिकै मसानघाटस्थित भित्री सडकबाट प्हरीले करिब ६० केजी अवैध लागूऔषध गाँजा बरामद गरेको हो।



    अन्दाजी ३र४ जना व्यक्तिले ३ वटा बोरामा बोकी लगी रहेको उक्त गाँजाका पोकाहरू प्रहरी चौकी अमृतगन्ज खजानीबाट खटिएको गस्ती टोलीलाई देख्नासाथ फाली फरार भएपश्चात प्रहरीले उक्त गाँजा बरामद गरेको थियो।



    फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान भैरहेको जिल्ला प्रहरी कायृालय बाराले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार