Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • इङ्ग्लिस प्रिमियर लिगमा लेस्टर सिटीको फराकिलो जित

    इङ्ग्लिस प्रिमियर लिगमा लेस्टर सिटीको फराकिलो जित

    अनलाइन नेपाल
  • मंगलबार, १८ असोज २०७९
  • 1.1K
    SHARES

    एजेन्सी । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटीले फराकिलो जित निकालेको छ ।

    गएराति भएको खेलमा लेस्टरले नटिङ्घम फरेस्टलाई ४–० गोलले हराएको हो ।



    लेस्टरका जेम्स म्याडिसनले दुई गोल गरे । उनले खेलको २५ औँ र ३५ औँ मिनेटमा गोल गरेका हुन् ।



    त्यस्तै खेलको २७ औँ मिनेटमा हार्वे बार्नस र ७३ औँ मिनेटमा प्याट्सन डाकाले गोल गरे । जितसँगै लेस्टर सिटीले ८ खेलमा ४ अंक जोडेको छ ।

    लेस्टर अंक तालिकामा पुछारबाट दोस्रो स्थानमा छ । समान खेलमा ४ अंक नै रहेको नटिङ्घम फरेस्ट पुछारमा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार