Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • निवर्तमान सांसद गंगा थारूले त्यागिन् एमाले, स्वतन्त्र उम्मेदवारीको घोषणा

    निवर्तमान सांसद गंगा थारूले त्यागिन् एमाले, स्वतन्त्र उम्मेदवारीको घोषणा

    अनलाइन नेपाल
  • शुक्रबार, २१ असोज २०७९
  • 846
    SHARES

    काठमाडौं । नेकपा एमालेकी निवर्तमान सांसद गंगा चौधरी सतगौंवाले स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरेकी छन् ।

    एमालेबाट दाङ १ को उम्मेदवार बन्न खोजेकी चौधरीले शुक्रबार फेसबुकबाट आफू स्वतन्त्र उम्मेदवार भएर जनताको बीचमा आउन लागेको बताएकी हुन् ।



    उनले भनेकी छिन्, ‘आज मैले ठीक निर्णय गरे या बेठीक, मलाई थाहा छैन । राष्ट्र र राष्ट्रियताको लागि म सधैं लागि रहनेछु ।



    जनता भगवान हुन् जनता नै सर्वोपरि हुन् । देशलाई शिरमाथि राखेर आज स्वतन्त्र उमेदवार भएर जनताको बिचमा आउँदैछु । हजुरहरुको साथ चाहिएको छ ।’

    यसअघि थरूहट तराई पार्टी नेपाल तथा एमालेबाट गरी गंगा सत्गौवा दुइ पटक समानुपातिक सांसद भएकी थिइन् । दाङ- १ बाट आफ्नो नाम पनि सिफारिस भएको तर पार्टीले अर्को निर्वाचन क्षेत्रकी शान्तालाई ल्याएकाले स्वतन्त्र उम्मेदवार बन्न लागेको गंगाले बताइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार