Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • दक्षिण कोरियामा ४६ हजार भन्दा बढी कोरोनाका नयाँ सङ्क्रमित

    दक्षिण कोरियामा ४६ हजार भन्दा बढी कोरोनाका नयाँ सङ्क्रमित

    अनलाइन नेपाल
  • बिहिबार, १७ कार्तिक २०७९
  • 1.4K
    SHARES

    फाइल् तस्विर

    एजेन्सी । दक्षिण कोरियामा २४ घण्टा अर्थात बुधबार मध्यरातसम्म ४६ हजार आठ सय ९६ जना कोभिड–१९ का नयाँ सङ्क्रमित देखिएका छन् ।

    यसैसँगै कुल सङ्क्रमितको सङ्ख्या २ करोड ५७ लाख १७ हजार दुई सय ७७ पुगेको स्वास्थ्य अधिकारीहरूले बिहीबार जानकारी दिएका छन् ।



    दैनिक सङ्क्रमितको सङ्ख्या अघिल्लो दिनको तुलनामा कम भएका छन् । एक दिनअघि सङ्क्रमितको सङ्ख्ण्या ५४ हजार ७६६ बाट कम भएर ४६ हजा आठ सय ९६ जना भएका कोरिया रोग नियन्त्रण र रोकथाम एजेन्सीले बताएको छ ।



    सङ्क्रमणको कारण थप ४१ जनाको मृत्युको पुष्टि भएपछि कोरोना शुरु हालसम्म २९ हजार दुई सय ८० जनाको मृत्यु भएको समाचारमा जनाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार