Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • कैलालीमा मदिरा विक्री वितरण र सेवनमा रोक

    कैलालीमा मदिरा विक्री वितरण र सेवनमा रोक

    अनलाइन नेपाल
  • सोमबार, २१ कार्तिक २०७९
  • 732
    SHARES

    कैलाली । कैलालीमा मदिरा विक्री वितरण र सेवन गर्न नपाइने भएको छ । आइतबार जिल्ला प्रशासन कार्यालय कैलालीले एक सूचना जारी गर्दै जिल्लाभर मदिरा विक्री वितरण तथा सेवनमा रोक लगाएको हो ।

    मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनलाई स्वच्छ, भयरहित एवं शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न जिल्लामा मदिरा विक्री वितरण तथा सेवनमा रोक लगाएको प्रशासन जनाएको छ ।



    आजदेखि निर्वाचन सम्पन्न नभएसम्म मदिरा ओसारपसार, विक्री वितरण र सेवन गर्न पूर्णरुपमा रोक लगाइएको सूचनामा उल्लेख छ।



    ‘कोही कसैले मदिरा ओसारपसार, विक्री वितरण र सेवन गरेको पाइए प्रचलित कानुन बमोजिम कारबाही गरिने छ,’ प्रशासनद्धारा जारी सूचनामा भनिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार