Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • चलचित्र ‘महापुरुष’ को १० दिनको कमाइ साढे ६ करोड

    चलचित्र ‘महापुरुष’ को १० दिनको कमाइ साढे ६ करोड

    अनलाइन नेपाल
  • सोमबार, २१ कार्तिक २०७९
  • 924
    SHARES

    काठमाडौं । हरिवंश आचार्य स्टारर फिल्म ‘महापुरुष’ले घरेलु बक्स अफिसमा उत्कृष्ट कमाइ गरेको छ ।

    प्रदर्शनको १० दिनसम्म फिल्मले साढे ६ करोड रुपैयाँ हाराहारीमा ग्रस कलेक्सन गरेको निर्माताले जानकारी दिएका छन् ।



    दोस्रो सप्ताहन्तमा समेत फिल्मले राम्रो कमाइ गर्न सक्यो । पहिलो साता साढे ५ करोड ग्रस कमाइ गरेको फिल्मले दोस्रो सप्ताहन्तमा आक्रामक अकुपेन्सी लिएको थियो । आइतबार समेत फिल्मले सुखद् अकुपेन्सी हासिल गर्‍यो ।



    निर्देशक भट्टराईकै कथा रहेको फिल्मले पत्नी गुमाएपछिका एकल पुरुषको जीवनमा पुनः प्रेमको प्रवेश हुँदाका उतारचढावलाई देखाइएको छ ।

    चलचित्रमा महजोडीसँगै रविन्द्र सिंह बानियाँ, गौरी मल्ल, राजाराम पौडेल, अरुण क्षेत्री, अन्जना बराइली, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार लगायत कलाकारको अभिनय रहेको छ ।

    प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको चलचित्रका निर्माता दिपेश खत्री हुन् भने कार्यकारी निर्माता रविन्द्र सिंह बानियाँ रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार