Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • थप १२ जनामा कोरोना सङ्क्रमण पुष्टि, १५ निको

    थप १२ जनामा कोरोना सङ्क्रमण पुष्टि, १५ निको

    अनलाइन नेपाल
  • मंगलबार, २२ कार्तिक २०७९
  • 744
    SHARES

    काठमाडौं । नेपालमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा एक हजार १५० वटा स्वाब नमुनाको परीक्षण गरिएकामा १२ जनाको नतिजा पोजिटिभ आएको हो ।

    ५१९ नमुनाको पीसीआर परीक्षण गर्दा १० र ६३१ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा दुईजनामा संक्रमण देखिएको हो ।



    पछिल्लो २४ घण्टामा देशभर १५ जना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या नौ लाख ८८ हजार १६८ पुगेको छ ।



    हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ५७२ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार