Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • एमाले कार्यालयमा स्वस्ति वाचनसहित ओलीलाई बधाई

    एमाले कार्यालयमा स्वस्ति वाचनसहित ओलीलाई बधाई

    अनलाइन नेपाल
  • मंगलबार, १३ मंसिर २०७९
  • 561
    SHARES

    काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई निर्वाचित भएपछि स्वस्ति शान्ति वाचन गराउँदै शुभकामना तथा बधाई दिइएको छ।

    पार्टी कार्यालय ललितपुरको च्यासलसमा मंगलबार एमालेको भातृसंगठन राष्ट्रिय जनसांस्कृतिक मञ्चले स्वस्ति शान्ति वाचन गराउँदै शुभकामना तथा बधाई दिएको हो।



    पार्टी केन्द्रीय कार्यालय ललितपुरको च्यासलमा मंगलबार आयोजित कार्यक्रममा पण्डित वृहङगमराज तिमल्सिनाले शान्ति स्वस्तिका लागि मन्त्रोच्चारण गरेका गरेका थिए ।



    स्वस्ति वाचनपछि पण्डितले अध्यक्ष ओलीलाई रुद्राक्षको माला लगाइदिएका थिए। कार्यक्रममा महासचिव शंकर पोखरेललगायतका नेताहरुको उपस्थित रहेको छ।

    ओली झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। मंसिर ४ गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा एमालेले प्रत्यक्षतर्फ दोस्रो स्थान र समानुपातिकमा सर्वाधिक मत प्राप्त गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार