Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • कपिलवस्तुमा भारतीय नागरिकमाथि गोली प्रहार

    कपिलवस्तुमा भारतीय नागरिकमाथि गोली प्रहार

    अनलाइन नेपाल
  • शुक्रबार, १६ मंसिर २०७९
  • 732
    SHARES

    फाइल तस्विर

    रुपन्देही । कपिलवस्तुमा भारतीय नागरिकमाथि गोली प्रहार भएको छ । जिल्लाको मायादेवी गाउँपालिका ४ चाकरचौडामा भारत सिद्धार्थनगर जिल्लाको अलिगढवाका ३५ वर्षीय ईरशाद खान माथि दुई गोली प्रहार भएको हो ।

    चाकरचौडा बजारको एक होटलमा रहेका भारतीय नागरिक खान माथि काँध र कम्मरमा गरी दुई गोली लागेको कपिलवस्तु प्रहरीले जनाएको छ ।



    गोली लागेर घाइते भएका उनलाई उपचारको लागि भारतको गोरखपुर मेडिकल कलेज पु¥याइएको प्रहरीले जनाएको छ । गोली हान्ने व्यक्तिको पहिचान भएको छैन ।



    भारतीय प्रहरीसँगको समन्वयमा गोली हान्ने व्यक्तिको खोजी र अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार