Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • पश्चिम सेतीले सुदूरपश्चिममा समृद्धी ल्याउँछ : प्रधानमन्त्री देउवा

    पश्चिम सेतीले सुदूरपश्चिममा समृद्धी ल्याउँछ : प्रधानमन्त्री देउवा

    भारतीय कम्पनी भरपर्दो छ, ठग्ने खालको होइन : देउवा

    अनलाइन नेपाल
  • बिहिबार, २२ मंसिर २०७९
  • 1.1K
    SHARES

    धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवाले पश्चिम सेती भारतीय कम्पनीले निर्माण सम्पन्न गर्ने र त्यसले सुदूरपश्चिमको समृद्धीमा योगदान पुर्‍याउने दाबी गरेका छन्।

    बिहीबार सुदूरपश्चिम महोत्सव उद्‌घाटनमा बोल्दै प्रधानमन्त्री देउवाले छिट्टै पञ्चेश्वर आयोजनाको काम पनि अघि बढ्ने बताएका हुन्। उनले सो आयोजना निर्माणको जिम्मा भारतीय कम्पनीले पाइसकेको बताए ।



    उनले भने, ‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीजीले म दिल्ली जाँदा होस् वा उहाँ लुम्बिनी आउँदा होस् पश्चिम सेती आयोजनाको बारेमा चासो राख्नुभएको छ । पश्चिम सेती भारतीय कम्पनीले निर्माणको लाइसेन्स पाइसकेको छ । त्यो भरपर्दो कम्पनी हो ठग्ने कम्पनी होइन ।’



    पश्चिम सेती निर्माण सम्पन्न भइसकेपछि सुदूरपश्चिमको विकासमा ठूलो टेवा पुग्ने उनको भनाइ थियो । उनले दुवै छिमेकीसँग सम्बन्ध जोडिएको प्रदेश भएकाले आर्थिक हबको रुपमा विकास गर्ने सम्भावना रहेको बताए।

    प्रदेश सरकार र स्थानीय सरकारले यहाँको विकासका लागि समन्वय गरि काम गर्नुपर्ने प्रधानमन्त्रीको भनाइ छ। स्थानीय सम्भावनाहरूलाई पहिचान गरि प्राकृतिक सम्भावनाहरूको पहिचान गरेर सुदूरपश्चिमको विकास गर्नुपर्ने उनले बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार