Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • पर्वतका तीन किशोरीलाई बागलुङ बोलाएर होटलमा बलात्कार, तीन युवक प्रक्राउ

    पर्वतका तीन किशोरीलाई बागलुङ बोलाएर होटलमा बलात्कार, तीन युवक प्रक्राउ

    अनलाइन नेपाल
  • सोमबार, २६ मंसिर २०७९
  • 1.7K
    SHARES

    फाइल तस्विर

    पर्वत । पर्वतका तीनजना किशोरीमाथि बागलुङको एक होटलमा बलात्कार भएको छ । बागलुङमा जन्मदिन मनाउन भनि बोलाएर होटलमा लगि एक १६ वर्षीया र दुई १५/१५ वर्षीया नाबालिकामाथि जबरजस्ती करणी भएको हो ।

    सोही आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बागलुङको गलकोट नगरपालिका–९ घरका २५ वर्षीय अशोक दर्लामी, रूपन्देहीको तिलोत्तमा नगरपालिका घर भएका १९ वर्षीय राहुल थापा र धादिङ कटुथे गाउँपालिका घर भएका १७ वर्षीया एक किशोर रहेका छन् ।



    गण्डकी प्रदेश प्रहरी कार्यालय अनुसार घरबाट कसैलाई नभनी ती किशोरी २४ गते निस्किएका थिए । उनीहरूको खोजीका लागि भन्दै आफन्तले प्रहरीमा निवेदन दिएका थिए । जबर्जस्ती करणीपछि ती युवाहरू भागिसकेका थिए । फरार उनीहरूलाई बागलुङकै विभिन्न ठाउँबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।



    जिल्ला प्रहरी कार्यालय बागलुङले उनीहरुलाई आइतबार बागलुङकै विभिन्न ठाउँबाट पक्राउ गरी जबरजस्ती करणीको मुद्दा दर्ता गरी आजै जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरेर अनुसन्धानका लागि अनुमति लिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार