Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • विश्वकप उपाधिको खुसीयाली मनाउन अर्जेन्टिनामा सार्वजनिक बिदा

    विश्वकप उपाधिको खुसीयाली मनाउन अर्जेन्टिनामा सार्वजनिक बिदा

    अनलाइन नेपाल
  • मंगलबार, ५ पुष २०७९
  • 687
    SHARES

    एजेन्सी । फिफा विश्वकप कतार २०२२ को उपाधि जितेको अर्जेन्टिनी राष्ट्रिय फुटबल टोली मंगलबार स्वदेश पुगेसँगै राजधानी ब्युनस आएर्सस्थित प्रख्यात ओबेलिस्कमा कार्यक्रम राखिएको छ ।

    उक्त कार्यक्रममा उपस्थित हुन तथा खुसियाली मनाउन अर्जेन्टिनी सरकारले मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।



    अर्जेन्टिनी सरकारले राष्ट्रिय टोलीको जितमा खुलेर खुसीयाली मनाउन बिदा दिएको जनाएको छ । त्यस्तै अर्जेन्टिना फुटबल संघले विज्ञप्ति जारी गर्दै विश्व च्याम्पियन टोलीले मंगलबार दिउँसो ओबेलिस्क क्षेत्रमा समर्थकमाझ उपाधिको खुसियाली मनाउनेछ ।



    अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४-२ ले पराजित गर्दै उपाधि जितेको थियो । अतिरिक्त समयमा ३-३ को बराबरीपछि खेलको निर्णय पेनाल्टी सुटआउटमा भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार