Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • हरर थ्रिलर सिनेमा ‘चि मुसी चिः इभन डेड डिजायर बिल्डिङ’ को ट्रेलर रिलिज

    हरर थ्रिलर सिनेमा ‘चि मुसी चिः इभन डेड डिजायर बिल्डिङ’ को ट्रेलर रिलिज

    अनलाइन नेपाल
  • बिहिबार, ७ पुष २०७९
  • 531
    SHARES

    काठमाडौं । हरर थ्रिलर सिनेमा ‘चि मुसी चिः इभन डेड डिजायर बिलोङ्गिङ’को ट्रेलर रिलिज गरिएको छ ।

    २ मिनेट ५२ सेकेण्ड लामो ट्रेलरले एक अदृश्य शक्तिसँग बच्न पात्रहरुले गर्नु परेको संघर्ष देखाएको छ । एक अपरिचित बालिकाः जसको वरिपरि ट्रेलरले चक्कर कटाउँछ ।



    हरर थ्रिलर जनारामा बनेको फिल्मको सार्वजनिक ट्रेलरमा कुनै चिजलाई देखेर कलाकार डराइरहेको देख्न सकिन्छ । आफ्नो छोरा जन्मियोस् भनेर कसैको बच्चालाई बली चढाएको कथा फिल्ममा देखाइएको छ ।



    आगामी पुस २२ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको चलचित्रमा प्रियंका कार्की, ऋचा शर्मा, बेनिशा हमाल, आयुष्मान देशराज जोशी लगायतका कलाकारको अभिनय रहेको छ ।

    यो फिल्मलाई मार्ना जेम्स र यश सैनीले संयुक्त रूपमा निर्देशन गरेका हुन् । फिल्ममा अरुण चक्रवर्ती, रिञ्जु केसीको लगानी रहेको छ । सुशन प्रजापतीले छायांकन गरेका फिल्मलाई यश सैनीले सम्पादन गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार