Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • इंग्लिस प्रिमियर लिग : शीर्ष स्थानमा आर्सनललाई ७ अंकको अग्रता

    इंग्लिस प्रिमियर लिग : शीर्ष स्थानमा आर्सनललाई ७ अंकको अग्रता

    अनलाइन नेपाल
  • मंगलबार, १२ पुष २०७९
  • 891
    SHARES

    एजेन्सी । इंग्लिस प्रिमियर लिगको अंक तालिकमा आर्सनलले सात अंकको अग्रता बनाएको छ। गएराति भएको खेलमा वेस्टह्यामलाई ३-१ गोलको पुनरागमन जित निकाल्दै आर्सनलले फराकिलो अग्रता बनाएको हो ।

    वेस्टह्यामलाई पराजित गर्दै आर्सनलले शीर्ष स्थानमा दोस्रो स्थानको न्युक्यासल भन्दा ७ अङ्कको अग्रता छ । आर्सनलले विश्वकपपछि पनि आफ्नो रवाफ कायम राखेको छ। ​



    वेस्टह्यामविरुद्ध उत्कृष्ट लयमा देखिएको आर्सनल खेलमा अग्रता भने वेस्टह्यामले लिएको थियो । पाहुना टोलीका लागि साइद बेनराहमाले गोल गरे ।



    घरेलु मैदान इमिरेट्समा आर्सनललाई जिताउन बुकायो साका, गाब्रिएल मार्टिनेली र एडी निकाटियाले गोल गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार