Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • यातायात कार्यालयबाट सातजना बिचौलिया समातिए

    यातायात कार्यालयबाट सातजना बिचौलिया समातिए

    अनलाइन नेपाल
  • मंगलबार, १९ पुष २०७९
  • 702
    SHARES

    फाइल फोटो

    काठमाडौं । यातायात कार्यालयमा सेवाग्राहीलाई अनुचित प्रभावमा पार्ने सात जनालाई प्रहरीले नियन्त्रमा लिएको छ । पाँच जना विचौलिया र फर्जी स्वास्थ्य परीक्षण रिपोर्ट बनाउने दुई जनालाई विभिन्न कार्यालयबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

    मंगलबार कठमाडौं उपत्यका प्रहरी कार्यालय र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो।



    यातायात व्यवस्था कार्यालय, एकान्तकुना, ठूलोभर्‍याङ र चाबहिलबाट पाँच जना र स्वास्थ्य परीक्षण रिपोर्ट फर्जी दिने दुई जनालाई यातायात व्यवस्था कार्यालय, चाबहिलबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।



    उनीहरूले यातायात कार्यालयहरुमा सेवाग्राहीहरूलाई सहजीकरण गरिदिन्छौं, छिटो छरितो रूपमा काम गरिदिन्छौं, नपुगेका कागजातहरू पुर्‍याइदिन्छौं भनेर विभिन्न प्रलोभनमा पारि हैरानी दिने गरेका थिए।

    उनीहरुमाथि अनुसन्धान सुरु भएको कठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।

    उप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले सेवाग्राहीको चाप रहने यातायात कार्यालय, एकान्तकुनामा पुगेर मंगलबार अनुगमन गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार