Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिने प्रस्ताव, औपचारिक निर्णय हुन बाँकी

    पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिने प्रस्ताव, औपचारिक निर्णय हुन बाँकी

    अनलाइन नेपाल
  • शनिबार, २३ पुष २०७९
  • 891
    SHARES

    काठमाडौं । सत्तारुढ दलहरुले पृथ्वी जयन्तीका दिन पुस २७ गते सार्वजनिक बिदा दिने प्रस्ताव गरेका छन् ।

    सत्ता साझेदार दलहरुको कार्यदलले तयार पारेको सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदामा पृथ्वीनारायण शाहको जन्मदिन पुस २७ गते सार्वजनिक बिदा दिने उल्लेख छ ।



    ‘नेपालको भौगोलिक एकीकरणको ऐतिहासिकतालाई स्मरण र सम्मान गर्दै पृथ्वी जयन्तीका दिन पुस २७ गते सार्वजनिक बिदा दिने’ कार्यदलले तयार पारेको मस्यौदामा लेखिएको छ । कार्यदलले तयार पारेको मस्यौदालाई शीर्ष नेताहरुले अनुमोदन गरेपछि यसबारे औपचारिक निर्णय हुनेछ ।



    सरकारमा सहभागी हुन राप्रपाले पुस २७ गते पृथ्वी जयन्तीका दिन सार्वजनिक बिदा दिनुपर्ने सर्त राख्दै आएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार