Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • राहदानी सर्भर बनाउन फ्रान्सेली टोली आउँदै

    राहदानी सर्भर बनाउन फ्रान्सेली टोली आउँदै

    अनलाइन नेपाल
  • आइतबार, २४ पुष २०७९
  • 864
    SHARES

    काठमाडौं । विद्युतीय राहदानीको सर्भर समस्या हल गर्न फ्रान्सबाट प्राविधिक टोली आउने भएको छ । नेपालले जारी गर्ने विद्युतीय राहदानीको सम्पूर्ण जिम्मा पाएको आईडीमिया टोली भोलि सोमबारसम्म आइपुग्ने राहदानी विभागका महानिर्देशक सुरेन्द्र यादवले जानकारी दिए ।

    नेपालमा १५ मंसिर २०७८ बाट सुरु विद्युतीय राहदानीको सम्पूर्ण प्राविधिक जिम्मेवारी सो टोलीले पाएको छ । राहदानी सर्भरमा स्टोरेज’ समस्या देखिएको छ । विभागका महानिर्देशक यादवका अनुसार कुनैपनि व्यक्तिको फोटो, हस्ताक्षर र हातको बायोमेट्रिक लिन समय लागेपछि त्यसको सामाधानका लागि प्राविधिक टोली बोलाइएको हो ।



    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड’ले राहदानी विभागमा लागेको लाइन एक महिनाभित्र हटाउन’ निर्देशन दिएकै दिनदेखि विभागले काम ढिलाइमा प्राविधिक समस्या देखिएको’ भन्दै वितरण रोकेको थियो । विभागकी प्रवक्ता तथा निर्देशक दुरपदा सापकोटाले सूचना जारी गर्दै विभागको सिस्टममा समस्या आई राहदानी छपाई तथा वितरण कार्य अवरुद्ध हुन गएको उल्लेख गरेकी थिइन् ।



    विभागले सो समस्या समाधानका लागि निरन्तर कार्य गरिरहेको र सिस्टम पूर्ण रूपमा सुचारु हुन केही समय लाग्ने भएकाले राहदानीका लागि आवेदन दिएका आवेदकले मोबाइलमा म्यासेज आएपछि मात्र विभागमा आउन अनुरोध गरिएको छ । राजधानी दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार