Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • मधेस प्रदेशको मुख्यमन्त्रीमा यादवको दाबी पेस, ६३ सांसदको समर्थन

    मधेस प्रदेशको मुख्यमन्त्रीमा यादवको दाबी पेस, ६३ सांसदको समर्थन

    अनलाइन नेपाल
  • बुधबार, २७ पुष २०७९
  • 936
    SHARES

    जनकपुरधाम । मधेस प्रदेशको मुख्यमन्त्री पदका लागि जनता समाजवादी पार्टी (जसपा)का सरोजकुमार यादवले दाबी पेस गरेका छन् ।

    बुधबार प्रदेश प्रमुख हरिशंकर मिश्रसमक्ष ६३ प्रदेशसभा सदस्यको हस्ताक्षरसहितको दाबी पेस गरिएको हो । उनलाई नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाहेकका सबै दलले समर्थन गरेका छन् ।



    १०७ सदस्यीय मधेश प्रदेशमा सरकार गठनका लागि ५४ सांसदको आवश्यकता पर्छ। यहाँ एमालेको २३, नेपाली कांग्रेसको २२, जसपाको १६, जनमत पार्टीको १३, लोकतान्त्रिक समाजवादी पार्टीको ९, नेकपा माओवादी केन्द्रको ८, एकीकृत समाजवादीको ७ र स्वतन्त्र सांसद ६ जना रहेका छन्।



    यस्तै, यहाँ राष्ट्रिय प्रजातन्त्र पार्टी, संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीको एक-एक सिट रहेको छ।

    सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच भएको सहमति अनुसार मधेस प्रदेशको नेतृत्व जसपा र जनमतले आलोपालो गरी लिनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार