Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • अष्ट्रेलियन ओपनको दोस्रो चरणबाट बाहिरिए राफेल नाडाल

    अष्ट्रेलियन ओपनको दोस्रो चरणबाट बाहिरिए राफेल नाडाल

    अनलाइन नेपाल
  • बुधबार, ४ माघ २०७९
  • 648
    SHARES

    एजेन्सी । विश्व नम्बर एक राफेल नाडाल वर्षको पहिला ग्रान्डस्लाम अष्ट्रेलियन ओपनको दोस्रो चरणबाट बाहिरिएका छन् ।

    बुधबार रोड लाभेर अरेनामा अमेरिकन म्याकेन्जी म्याकडोनाल्डसँग सोझो सेटमा पराजित हुँदै साविक विजेता नाडाल बाहिरिएका हुन् ।



    खुट्टाको चोटसँग लडिरहेका २२औं पटकका ग्रान्डस्लाम च्याम्पियन र दुई पटकका अष्ट्रेलियन ओपन विजेता नाडाल म्याकडोनाल्डसँग ६–४, ६–४, ७–५ को नतिजामा पराजित भए ।



    विश्व वरियताको ६५औं स्थानका म्याकडोनाल्डले तेस्रो चरणमा ३१औं वरियताका योसिहितो निसिओका र डालिबोर भिर्सिनाबीचको विजेतासँग खेल्नेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार