Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • विमान दुर्घटनाको सत्यतथ्य चाँडो सार्वजनिक गर्न माग

    विमान दुर्घटनाको सत्यतथ्य चाँडो सार्वजनिक गर्न माग

    अनलाइन नेपाल
  • शनिबार, ७ माघ २०७९
  • 486
    SHARES

    कास्की । पोखरामा माघ १ गते भएको यती एयरलाइन्सको विमान दुर्घटनाको सत्यतथ्य चाँडो सार्वजनिक गर्न दुर्घटनापीडित परिवारका सदस्यले माग गरेका छन् ।

    ‘यती एयरलाइन्स दुर्घटना प्रभावित नागरिक समाज’द्वारा शनिबार पोखरामा आयोजित भेलामा पीडित परिवारजनले दुर्घटना जाँच आयोगले पीडित पक्षलाई दुर्घटनाबारे विश्वसनीय जानकारी दिन नसकेको र आफूहरूसँग सम्पर्क समेत नगरेको दुःखेसो गरेका छन् ।



    दुर्घटनामा परी निधन भएका स्व एसबिन गुरुङका ठूलाबुवा काजीमान गुरुङले दुर्घटनाले निम्त्याएको शोकलाई शक्तिमा बदल्दै स्व। आत्माहरूको शान्तिका लागि सत्यतथ्य छानबिन हुनुपर्नेमा जोड दिए । स्थानीय र संघीय सरकारले दुर्घटनास्थलमा स्मारक पार्क बनाउनुपर्ने उनको माग छ ।



    नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य स्व। त्रिभुवन पौडेलका परिवारका प्रतिनिधि तथा नागरिक समितिका सदस्य खेमराज शर्माले दुर्घटनाको सत्यतथ्य छिटो बाहिर ल्याउन आग्रह गरे । दुर्घटनामा पीडित परिवारलाई क्षतिपूर्तिको यथार्थ विवरण थाहा दिन पनि सरकारसँग आग्रह गरे ।

    भेलामा क्षेत्रगत प्रभावमा परेका अर्का समाजसेवी नागबेली टोलका संयोजक तथा समाजसेवी क्यामबहादुर गुरुङ र ख्यामनारायण शर्मा पौडेलले दुर्घटनापश्चात् दमकल र एम्बुलेन्स घटनास्थल पुग्न गाह्रो भएकाले उद्धारमा अवरोध पुगेकामा दुःख व्यक्त गरे ।

    समाजले यही माघ १३ मा शोकसभा आयोजना गर्ने समाजका अध्यक्ष तथा प्रेस स्वतन्त्रता सेनानी कुसुमकेशव पराजुलीले बताए । समाजका सदस्य घनश्याम भण्डारीले १३औँ दिनमा स्वस्तिशान्ति, पूजापाठ गर्ने सबै तयारी गरिएको बताए । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार