Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • यती विमान दुर्घटना : ७० शवको पोस्टमार्टम, ६० आफन्तजनलाई बुझाइयो

    यती विमान दुर्घटना : ७० शवको पोस्टमार्टम, ६० आफन्तजनलाई बुझाइयो

    दुई जनाको खोजी कार्य जारी

    अनलाइन नेपाल
  • सोमबार, ९ माघ २०७९
  • 480
    SHARES

    काठमाडौं । गएको १ गते पोखरामा भएको विमान दुर्घटनामा ज्यान गुमाएका मध्ये ६० जनाको शव सम्बन्धित आफन्तलाई बुझाइएको छ ।

    घटनास्थलबाट उद्धार गरेका ७० शवमध्ये काठमाडौं र पोखरामा गरी ६० जनाको शव बुझाएको यती एयरलायन्सले विज्ञप्ति निकालेर जानकारी दिएको हो । यस्तै थप ४ जनाको शव पहिचान र सनाखत गरी बुझाउने प्रक्रियामा रहेको विज्ञप्तीमा उल्लेख छ ।



    ६ जनाको शव भने धेरै डढेका कारण फरेन्सिक विधिबाट परीक्षण गर्न असम्भव भएपछि डीएनए परीक्षणको प्रक्रिया सुरु भएको र यसको लागि केही समय लाग्ने एअरलाइन्सले जनाएको छ ।



    हराइरहेका दुई जनाको खोजी कार्यलाई निरन्तरता दिएको जिल्ला प्रशासन कास्कीले जनाएको छ ।

    यसअघि ७१ जनाको शव भेटिएको भनिए पनि एउटा सानो टुक्रा मानव अंगलाई शव मान्न नसकिने फरेन्सिक विज्ञको सुझाव अनुसार बाँकी दुई जनाको शव खोज्न थालेको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार