Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • सुदूरपश्चिमको कमाण्ड डीआईजी सिंहले सम्हाले लगत्तै सिमामा कडा चेकजाँच

    सुदूरपश्चिमको कमाण्ड डीआईजी सिंहले सम्हाले लगत्तै सिमामा कडा चेकजाँच

    नाकामा अनुगमन गर्दै ‘सेरा’ र ‘लीली’

    अनलाइन नेपाल
  • सोमबार, ९ माघ २०७९
  • 2.1K
    SHARES

    कैलाली । कैलालीको त्रिनगर भन्सार नाकामा प्रहरीले अनुगमन तिब्र गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरीको नेतृत्व प्रहरी नायव महानिरीक्षक (डीआईजी) अशोक सिंहले सम्हाले लगत्तै प्रदेश प्रहरी कार्यालय धनगढी, जिल्ला प्रहरी कार्यालय कैलाली, वडा प्रहरी कार्यालय धनगढी र जिल्ला ट्राफिक प्रहरी कार्यालय धनगढीले नाकामा तालिम प्राप्त कुकुरसहित अनुगमन गरेको हो ।

    कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) देबेन्द्र पालको नेतृत्वमा सोमबार दिउँसो २ बजेदेखि ५ बजेसम्म नाका क्षेत्रमा अनुगमन गरिएको हो । एसपी पालले सीमा क्षेत्रमा हुने अपराधिक गतिविधि, लागुऔषध ओसारपसार तथा विस्फोटक पदार्थको अवैध आयात जस्ता कुरालाई ध्यानमा राखेर तालिम प्राप्त कुकुरको प्रयोग गरेर जाँच गरिएको जानकारी दिए ।



    टोलीले भारतबाट नेपालतर्फ र नेपालबाट भारततर्फ आवत–जावत गर्ने सवारी साधन, पैदल यात्रीहरुलाई संयुक्त रुपमा चेकजाँच गरेको हो । यस्तै वडा प्रहरी कार्यालय धनगढीका प्रहरी निरीक्षक उपेन्द्रबहादुर बम बमले पनि नाका क्षेत्रमा हुने चोरी तस्करी तथा लागुऔषधको ओसार पोसारलाई रोक्न कुकुरसहित अनुगमन गरिएको बताए ।



    प्रहरीको आकस्मिक चेकजाँच गर्ने कार्यअन्तर्गत सीमानाकाबाट हुने लागु औषध तस्करी र विष्फोटक पदार्थको ओसारपसार नियन्त्रण गर्न तालिम प्राप्त कुकुरसहित नेपाल प्रहरी र ट्राफिक प्रहरी त्रिनगर नाकामा परिचालन भएको उनले बताए । गौरीफन्टा नाकामा तालिमप्राप्त कुकुरसहित नाकाबाट आउने सवारी सधानमा चेकजाँच भएको बलमे बताए ।

    तालिम प्राप्त कुकुर ‘सेरा’ र ‘लीली’को सहायताले प्रहरीले अनुगमन गरिरहेको छ । गौरीफन्टा नाका मात्र नभएर अगामी दिनमा जिल्लाका अन्य नाकामा पनि तालिम प्राप्त कुकुरको प्रयोग गर्दै सीमा क्षेत्रको जाँचमा कडाइ गरिने जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार