Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • नेपाल टी-२० लिग : ‘ स्पट फिक्सिङ’ मा चार नेपालीसहित १० जना संलग्न

    नेपाल टी-२० लिग : ‘ स्पट फिक्सिङ’ मा चार नेपालीसहित १० जना संलग्न

    अनलाइन नेपाल
  • मंगलबार, १० माघ २०७९
  • 591
    SHARES

    काठमाडौं । नेपाल टी-२०लिगमा म्याच फिक्सिङ भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

    प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले मंगलबार पत्रकार सम्मेलन गरी ४ जना नेपाली खेलाडी, ६ जना विदेशी नागरिकसहित १० जनाको देखिएको जनाएको हो ।



    भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सको आयोजनामा सम्पन्न नेपाल टी-२० लिगमा भएको ‘लाइभ बेटिङ’ र ‘ स्पट फिक्सिङ’ नेपाली र विदेशी गरी १० जनाको संलग्नता रहेको प्रहरीले जनाएको छ ।



    सीआईबीका अनुसार स्पट फिक्सिङमा राष्ट्रिय टोलीका सदस्यसमेत रहेका मोहम्मद आदिल आलम फिक्सरको प्रलोभनमा परी त्यसैअनुसार बलिङ गरेका थिए । जनकपुर रोयल्समा आबद्ध २० वर्षीय आदिलले स्पट फिक्सिङ गर्दै कम्तीमा २ खेलमा एक वाइड र एक नोबल बल फालेका थिए ।

    त्यस्तै एकै खेलमा १० विकेट लिएर विश्व कीर्तिमान कायम गरेका पूर्वराष्ट्रिय खेलाडी महबुब आलमसमेत फिक्सिङमा संलग्न भएको देखिएको सीआईबीको अनुसन्धानमा खुलेको छ ।

    उनले २ जना नेपाली खेलाडीलाई फिक्सिङका लागि प्रलोभन देखाएको सीआईबीले जनाएको छ । अनुसन्धान प्रभावित हुने भन्दै प्रहरीले म्याच फिसिक्सङमा संलग्न १० जनाको नाम खुलाएको छैन।

    काठमाडौं नाइट्स, विराटनगर सुपर किंस्स, जनकपुर रोयल्स र फारवेष्ट युनाइटेडका व्यवस्थापकै संलग्नतामा म्याच फिक्सिङ भएको प्रहरी अनुसन्धानले देखाएको छ।म्याच फिक्सिङमा विदेशी खेलाडीको समेत संलग्नता देखिएको छ।

    ब्यूरोले फिक्सिङमा संलग्न भएको आरोपमा पूर्वक्रिकेटर महबुब आलम र अहिलेका क्रिकेटर आदिम आलमलाई सोमबार पक्राउ गरेको थियो। उनीहरूको म्याद थप गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ। ब्युरोले आदिललाई राजविराज र महबुबलाई विराटनगरबाट पक्राउ गरहेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार