Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • माओवादीको उपाध्यक्ष बन्दै अग्रि सापकोटा

    माओवादीको उपाध्यक्ष बन्दै अग्रि सापकोटा

    अनलाइन नेपाल
  • बिहिबार, १२ माघ २०७९
  • 483
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेकपा माओवादी केन्द्रले पूर्वसभामुख अग्रिप्रसाद सापकोटालाई उपाध्यक्ष बनाउने तयारी गरेको छ ।

    सापकोटालाई उपाध्यक्ष बनाउने प्रस्ताव आजको स्थायी कमिटी बैठकमा लगेर वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपाध्यक्ष कृष्णबहादुर महरापछिको मर्यादाक्रममा राख्‍ने तयारी गरिएको छ ।



    त्यसैगरी सापकोटालाई माओवादी प्रवक्ता बनाउने गरी तयारी रहेको माओवादीका एक नेताले जानकारी दिए ।



    उपाध्यक्ष महराले प्रवक्ताको जिम्मेवारी लिइरहेका बेला प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सापकोटालाई उपाध्यक्ष बनाएर प्रवक्ता बनाउँदा मिडियासँगको सम्बन्ध पनि थप मजबुत हुने बताइएको छ ।

    २१ पदाधिकारी रहेको माओवादीमा अहिले उपाध्यक्ष कृष्णबहादुर महरामात्रै छन् । महराको वरीयतापछि सापकोटालाई राख्ने तयारी छ ।

    माओवादीमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार