Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • एभर्टनको मुख्य प्रशिक्षकमा सेन डाइचे नियुक्त

    एभर्टनको मुख्य प्रशिक्षकमा सेन डाइचे नियुक्त

    अनलाइन नेपाल
  • मंगलबार, १७ माघ २०७९
  • 540
    SHARES

    एजेन्सी । इंग्लिस प्रिमियर लिग क्लब एभर्टनले सेन डाइचेलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।

    इङ्लिस प्रशिक्षक डाइचेले एभर्टनसँग साढे दुई वर्षको सम्झौता गरेका छन् । उनी सन् २०२५ को जुनसम्म एभर्टनमा रहने छन् ।



    एभर्टनले गएको हप्ता मुख्य प्रशिक्षक फ्रान्क लाम्पार्डलाई बर्खास्त गरेको थियो । डाइचेलाई गएको अप्रिलमा बर्नलीले मुख्य प्रशिक्षकबाट बर्खास्त गरेको थियो ।



    सेन डाइचेले जिम्मेवारी सम्हालेसँगै एभर्टनले आउँदो शनिवार प्रिमियर लिगको शीर्ष स्थानमा रहेको क्लब आर्सनलसँग खेल्दैछ । एभर्टन प्रिमियर लिगमा २० खेलमा मात्र तीन जित र १५ अङ्कको साथ १९औँ स्थानमा छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार