Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • मलेसियाका गृहमन्त्री र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

    मलेसियाका गृहमन्त्री र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

    अनलाइन नेपाल
  • शुक्रबार, २० माघ २०७९
  • 573
    SHARES

    काठमाडौं । मेलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ ।

    बिहिबार साँझ काठमाडौं आइपुगेका मलेसियाका गृहमन्त्री इस्माइलले आज (शुक्रबार) सिंहदरबार पुगेर प्रधानमन्त्री प्रचण्डसँग शिष्टचार भेटवार्ता गरेका हुन् ।



    भेटमा मलेसियामा रहेका नेपाली आप्रवासी कामदारको हित संरक्षणलगायत आपसी हितका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।



    मलेसियाका गृहमन्त्री इस्माइलले आजै श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालसँग भेटवार्ता गरेका थिए ।

    नेपालले मलेसियाली मन्त्रीसँग सम्झौता कार्यान्वयनसँगै कामदारको सामाजिक सुरक्षा, तलब सुविधा, उपचारको प्रबन्धलगायत विषयमा पनि गृहमन्त्रीसँग छलफल गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार