Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • राष्ट्रपतिको सवारीका क्रममा डाक्टरमाथि लाठी चार्ज गर्ने प्रहरी निलम्बित

    राष्ट्रपतिको सवारीका क्रममा डाक्टरमाथि लाठी चार्ज गर्ने प्रहरी निलम्बित

    अनलाइन नेपाल
  • शनिबार, २८ माघ २०७९
  • 954
    SHARES

    काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको क्रममा डाक्टरमाथि लाठी चार्ज गर्ने प्रहरी निलम्बित भएका छन् ।

    जिल्ला प्रहरी परिसर काठमाडौंले वरिष्ठ हवलदार शम्भुजंग गुरुङलाई निलम्बन गरेको हो । गुरुङ प्रहरी वृत्त जनसेवामा कार्यरत थिए ।



    शुक्रबार नेपाल चिकित्सक संघका आजीवन सदस्य एवं राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा.जनिथलाल सिंहमाथि अस्पताल परिसर भित्रै प्रहरीले लाठी चार्ज गरी गम्भीर घाइते बनाएको थियो ।



    स्वास्थ्य सेवा जस्तो संवेदनशील क्षेत्रमा कार्यरत चिकित्सक सिंहले शल्यक्रिया सम्पन्न गरी घर निस्किने क्रममा आफ्नो परिचय पत्र देखाउँदा देखाउँदै पनि अस्पताल परिसर भित्रै प्रहरीद्वारा साङ्घातिक आक्रमण भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार