Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • दोल्ती पावर कम्पनीले सोमबार आईपीओ जारी गर्ने

    दोल्ती पावर कम्पनीले सोमबार आईपीओ जारी गर्ने

    अनलाइन नेपाल
  • आइतबार, ७ फाल्गुन २०७९
  • 561
    SHARES

    फाइल फोटो

    काठमाडौं । दोल्ती पावर कम्पनीले सोमबार आईपीओ निष्काशन गर्दै छ ।

    कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि उक्त आइपीओ निष्कासन गर्न लागेको हो।



    कम्पनीले ५३ करोड ६४ लाख ८६ हजार रुपैयाँको १० प्रतिशत अर्थात ५ करोड ३६ लाख ४८ हजार ६०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ५ लाख ३६ हजार ४८६ कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि सोमबार निष्काशन गर्न लागेको हो ।



    आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुले उक्त आइपीओमा फागुन २५ गतेसम्ममा आवेदन दिन सक्नेछन् । सो अवधिसम्ममा पूर्ण आवेदन नपरेको खण्डमा आवेदन दिने म्याद चैत ७ गतेसम्म लम्बिने कम्पनीले जनाएको छ । त्यसैगरी, वैदेशिक रोजगारमा रहेकाहरुले कम्पनीको आइपीओमा फागुन २५ गतेसम्म आवेदन दिन सक्नेछन् ।

    सो आईपीओमा न्यूनतम १० देखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । कम्पनीको सेयर बिक्री प्रबन्धकमा भने एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार