Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • बार्सिलोनालाई हराउँदै युनाइटेड युरोपा लिगको अन्तिम १६ मा

    बार्सिलोनालाई हराउँदै युनाइटेड युरोपा लिगको अन्तिम १६ मा

    अनलाइन नेपाल
  • शुक्रबार, १२ फाल्गुन २०७९
  • 480
    SHARES

    एजेन्सी । म्यानचेस्टर युनाइटेड युरोपा लिगको अन्तिम १६ मा प्रवेश गरेको छ । बार्सिलोनालाई बिहीबार २–१ ले पराजित गर्दै युनाइटेड अन्तिम १६ मा प्रवेश गरेको हो । हारसँगै बार्सिलोना भने प्रतियोगिताबाट बाहिरिएको छ ।

    त्यसमा एन्टोनीले निर्णायक गोल गरे र दुई लेगमा युनाइटेड समग्रमा ४–३ ले अगाडि रह्यो । ओल्ड ट्रायफोर्डमा भएको खेलमा रोबर्ट लेवनडोस्कीको गोलले बार्सिलोनाले सुरुआती अग्रता लिएको थियो ।



    तर स्पेनी ला लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोनाको खेल त्यसपछि राम्रो हुन सकेन र फ्रेडले युनाइटेडका लागि बराबरी गोल गरे । एन्टोनीले ७३ औं मिनेटमा निर्णायक सावित गोल गरेका हुन् ।



    नु क्याम्पमा भएको पहिलो लेगको खेल २–२ को बरबरीमा समाप्त भएको थियो । यो जितपछि एरिक हेन टागेको युनाइटेडको यो सिजन चार उपाधि जित्ने सम्भावना कायम राखेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार