Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • राष्ट्रपतिमा रामचन्द्रलाई जिताउन प्रदेश सांसदलाई आठ दलीय गठबन्धनको निर्देशन

    राष्ट्रपतिमा रामचन्द्रलाई जिताउन प्रदेश सांसदलाई आठ दलीय गठबन्धनको निर्देशन

    अनलाइन नेपाल
  • शुक्रबार, १९ फाल्गुन २०७९
  • 462
    SHARES

    काठमाडौं । आठ दलीय गठबन्धनका नेताहरूले राष्ट्रपतिमा काँग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई जिताउन कोसी प्रदेशका सांसदहरूलाई निर्देशन दिएका छन् ।

    विराटनगरमा प्रदेश सांसदहरूको संयुक्त भेला आयोजना गर्दै गठबन्धनमा सामेल काँग्रेस, माओवादी, एकीकृत समाजवादी, जनता समाजवादीलगायतका केन्द्रीय नेताहरूले इमानदारीपूर्वक मत दिएर पौडेललाई जिताउन निर्देशन दिएका हुन् ।



    कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गणतन्त्र र संघीयताको दिगो प्रवर्द्धनका लागि पौडेललाई राष्ट्रपतिमा विजयी गराउनुको विकल्प नभएको बताए ।



    गठबन्धनका उम्मेदवारलाई मत दिन पाउने कांग्रेसका २९, माओवादी केन्द्रका १३, एकीकृत समाजवादीका चार र जनता समाजवादीका एक सांसद रहेको प्रदेशमा कसैले दायाँबायाँ गरेर फ्लोरक्रस गरे स्पटमै कारबाही हुने चेतावनी समेत दिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार