Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • राष्ट्रपति निर्वाचन आज, को बन्ला अबको राष्ट्राध्यक्ष ?

    राष्ट्रपति निर्वाचन आज, को बन्ला अबको राष्ट्राध्यक्ष ?

    अनलाइन नेपाल
  • बिहिबार, २५ फाल्गुन २०७९
  • 522
    SHARES

    काठमाडौं । मुलुकको नयाँ राष्ट्रपति चयनका लागि आज मतदान हुँदैछ । मुलकमा गणतन्त्र स्थापनापछि चौथो कार्यकालको लागि आज तेस्रो राष्ट्रपति चयन हुन लागेको हो ।

    नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा हुने मतदानका लागि प्राविधिक, जनशक्ति र अरू व्यवस्थापकीय सम्पूर्ण तयारी पूरा भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।



    मतदान बिहान १० देखि दिउँसो ३ बजेसम्म हुनेछ । मतदान कार्य सम्पन्न हुनासाथ मतगणना कार्य सुरु हुने र आजै साँझ ७ बजेभित्र परिणाम घोषणा गर्ने गरी तयारी अघि बढाइएको छ ।



    नेपाली कांग्रेस नेतृत्वको आठ दलीय गठबन्धनबाट साझा उम्मेदवारका रुपमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल उम्मेदवार छन्। त्यस्तै, नेकपा एमालेका तर्फबाट उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन् ।

    प्रतिस्पर्धामा होमिएका दुवै नेता सभामुख भएर व्यवस्थापिकाको नेतृत्व गरिसकेका नेताहरु हुन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार