Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • चिनियाँ प्रतिनिधि मण्डल आज नेपाल आउँदै

    चिनियाँ प्रतिनिधि मण्डल आज नेपाल आउँदै

    अनलाइन नेपाल
  • आइतबार, २८ फाल्गुन २०७९
  • 627
    SHARES

    काठमाडौं । चाइना काउन्सिल फर प्रमोसन अफ इन्टरनेशनल ट्रेडका उपाध्यक्ष झाङ साओगाङ चार दिने नेपाल भ्रमणमा आउने भएको छ ।

    नेपालस्थित चिनियाँ दूतावासले जारी गरेको विज्ञप्तिअनुसार झाङ आज काठमाडौं आउन लागेका हुन् । उपाध्यक्ष झाङ नेपाल उद्योग परिसंघको निमन्त्रणामा नेपाल आउन लागेका हुन् ।



    नेपालमा रहँदा उनले चीन–नेपाल व्यापारसँग सम्बन्धित विभिन्न कार्यक्रममा सहभागिता जनाउने छन् ।



    भ्रमणका क्रममा उनले सरकारका विशिष्ट अधिकारीहरूलाई पनि भेट्ने कार्यक्रम रहेको दूतावासले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार