Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • भारतमा बलात्कारपछि ज्यूँदै जलाएर महिलाको हत्या

    भारतमा बलात्कारपछि ज्यूँदै जलाएर महिलाको हत्या

    अनलाइन नेपाल
  • आइतबार, २६ चैत्र २०७९
  • 507
    SHARES

    फाइल तस्विर

    एजेन्सी । राजस्थानको बारमेर जिल्लाको पचपदरामा एक दलित महिलालाई बलात्कारपछि ज्यूँदै जलाएर हत्या गरिएको खुलेको छ ।

    अप्रिल ६ तारिखमा घरमा कोही नभएको अवस्थामा शकूर खान नामका व्यक्ति घरमा जबर्जस्ती छिरेर बलात्कार गरेका थिए ।



    बलात्कारपछि थिनर छर्किएको थियो । ६० प्रतिशत शरिर जलेको अवस्थामा जोधपुरको सरकारी अस्पताल पुगेकी झम्मा देवी नाम गरेकी ती महिलाको उपचारको क्रममा शुक्रबार राति मृत्यु भएको हो ।



    मृतक महिलाको शव जोधपुरस्थित महात्मा गान्धी अस्पतालको शवगृहमा राखिएको छ । महिलाका आफन्तहरू बारमेरको बालोत्रा ​​उपविभागीय न्यायीक अधिकारीको कार्यालयमा हडतालमा छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार