Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • लेस्टरमाथि म्यानचेस्टर सिटीको सहज जित, हाल्यान्डको कीर्तिमानी गोल

    लेस्टरमाथि म्यानचेस्टर सिटीको सहज जित, हाल्यान्डको कीर्तिमानी गोल

    अनलाइन नेपाल
  • आइतबार, ३ बैशाख २०८०
  • 762
    SHARES

    एजेन्सी । स्ट्राइकर इर्लिङ हालान्डको शानदार प्रर्दशनमा इङ्ग्लिस प्रिमियर लिगको साविक विजेता म्यानचेस्टर सिटी शीर्ष स्थानको आर्सनलभन्दा मात्र ३ अंकले पछि छ ।

    शनिबार राति घरेलु मैदानमा भएको खेलमा सिटीले लेस्टरलाई ३–१ गोल अन्तरले पराजित गर्‍यो । खेलको पाँचौँ मिनेटमा जोन स्टोनको गोलमा सिटीले लेस्टरविरुद्ध सुरुवाती अग्रता बनाएको थियो । १३ औँ मिनेटमा हालान्डले पेनाल्टीमा गोल गर्दै टोलीको अग्रता दोब्बर पारे ।



    सिटीमा हालान्ड पछिल्लो समय उच्च लयमा छन् । यो सिजन प्रिमियर लिगमा मात्र उनले ३२ गोल गरेका छन् । हालान्डको २ गोलसँगै यो सिजन ४० खेलमा ४७ गोल गर्ने कीर्तिमान आफ्नो नाममा गरेका छ्न् ।



    २५ औँ मिनेटमा हालान्डले नै गोल गर्दै पहिलो हाफमा नै सिटीलाई ३–० को आरामदायी अग्रता दिलाए। तर खेलको ७५ औं मिनेटमा लेस्टरका केलेची इहेनान्चोले सान्तवना गोल फर्काए।

    जितसँगै सिटी शीर्ष स्थानको आर्सनलनजिक छ। साविक विजेता समेत रहेको सिटीको ३० खेलबाट ७० अंक छ। शीर्ष स्थानको आर्सनलको समान खेलबाट ७३ अंक छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार