Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • सुरु भयो सगरमाथा आरोहण

    सुरु भयो सगरमाथा आरोहण

    अनलाइन नेपाल
  • आइतबार, ३१ बैशाख २०८०
  • 624
    SHARES

    फाइल तस्विर

    काठमाडौं । यस वर्षको वसन्त ऋतुमा शनिबारदेखि सगरमाथा आरोहण सुरु भएको छ । आरोहणका लागि डोरी टाँग्ने काममा खटिएका एक जना फोटोग्राफर र नौ जना शेर्पा दक्ष कामदार (आइसफल डाक्टर) ले शनिबार दिउँसो १ बजेर ५२ मिनेटमा सगरमाथाको चुचुरोसम्म पुग्ने बाटो बनाएर आरोहण सुरु गरेका हुन् ।

    नेपाल पर्यटन विभागका निर्देशक युवराज खतिवडाका अनुसार इमाजिन नेपाल ट्रेक एन्ड एक्सपिडिसनबाट बाटो बनाउने काममा खटिएका शेर्पाको टोलीले शनिबार सगरमाथा शिखरसम्म डोरी टाँग्ने काम सम्पन्न गरेर सगरमाथा आरोहणको सुरुवात गरेको जानकारी दिए ।



    उनले भने, “नौ जना शेर्पा आरोहीको टोली शुक्रबार राति सगरमाथाको चौथो शिविरमाथिको बाटो खुलाउने काममा खटिएको थियो । सो टोलीले आरोहण खुला गरेसँगै आरोहणको पर्खाइमा रहेका सयौँ आरोही चौथो शिविरबाट चुचुरोतर्फ लागेका छन् ।”



    उनले आरोही शेर्पाहरूलाई चुचुरोसम्मको बाटो निर्माणमा आधार शिविरबाट इमाजिन नेपालका प्रबन्ध निर्देशक एवं चर्चित आरोही मिङ्मा शेर्पाले संयोजन गर्नुभएको जानकारी दिए ।

    रोलवालिङ दोलखाका दावा ग्याल्जे शेर्पाको नेतृत्वमा खटिएको शेर्पा आरोहीको टोलीमा थामे सोलुखुम्बुका ङिमा निरु शेर्पा, लाक्पा शेर्पा, फुर गेल्जेन शेर्पा, लाक्पातेन्जिङ शेर्पा, दावाजाङ्बु शेर्पा, सङ्खुवासभाका दिपेन गुरुङ, फोर्चे सोलुखुम्बका पासाङ ङिमा शेर्पा र गोरखाका सुमन गुरुङ छन् । गोरखापत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार