Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • अस्ट्रेलियन सहायक मन्त्री वाट्सले हस्तान्तरण गरे उद्धार सामग्री

    अस्ट्रेलियन सहायक मन्त्री वाट्सले हस्तान्तरण गरे उद्धार सामग्री

    अनलाइन नेपाल
  • बुधबार, ३ जेष्ठ २०८०
  • 438
    SHARES

    काठमाडौं । अष्ट्रेलियाली सहायक परराष्ट्रमन्त्री टिम वाट्सले हिमालयन उद्धार संघ नेपाललाई उद्धार सामाग्री हस्तान्तरण गरेका छन् ।

    नेपाल भ्रमणमा रहेका वाट्सले अष्ट्रेलियामा निर्मित पोर्टेवल अल्टिचुड च्याम्बर (पीएसी) हस्तान्तरण गरेका हुन् ।



    उक्त सामग्री संघको फेरिचे स्वास्थ्य केन्द्र र सगरमाथा आधार शिविरमा रहेको एभरेष्ट आकस्मिक क्लिनिकमा प्रयोग गरिनेछ ।



    सहायक मन्त्री वाट्सले संघलाई अष्ट्रेलियाली सरकारको तर्फबाट अष्ट्रेलियाली र अन्य नागरिकहरुलाई पदयात्रा तथा हिमाल आरोहण गर्दा आवश्यक पर्ने अत्यावश्यक स्वास्थ्य सेवा प्रवाह गरेकोमा धन्यवाद व्यक्त गरे ।

    प्रत्येक वर्ष करिब २७ हजार अष्ट्रेलियालीहरु नेपाल भ्रमण गर्ने र यो वर्ष अष्ट्रेलिया नेपालको चौथो ठूलो पर्यटकको गन्तव्यको रुपमा रहेको पनि उल्लेख गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार