Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • प्रेमिकाको हत्यापछि प्रेमीले गरे आत्महत्याको प्रयास, अनुसन्धान गर्दै प्रहरी

    प्रेमिकाको हत्यापछि प्रेमीले गरे आत्महत्याको प्रयास, अनुसन्धान गर्दै प्रहरी

    अनलाइन नेपाल
  • शुक्रबार, १२ जेष्ठ २०८०
  • 1.4K
    SHARES

    फाइल तस्विर

    संखुवासभा । संखुवासभामा प्रेमिकाको हत्या गरी प्रेमीले पनि आत्महत्याको प्रयास गरेका छन् । जिल्लाको खाँदबारी–१ घिमिरे गाउँमा प्रेमीले आफूलाई पनि खुकुरी प्रहार गरी गम्भीर घाइते भएका हुन् ।

    जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार खाँदबारीमा डेरा गरी बस्दै आएकी युना दर्नाललाई शुक्रबार बिहान सभापोखरी गाउँपालिका १ का नन्दराम गदालले हत्या गरका छन् । उनले आफ्नै पेटमा पनि खुकुरी प्रहार गरेर गम्भीरर घाइते भएका हुन् ।



    सभापोखरी-१ का मृतक दर्नाल खाँदबारीमा डेरामा बस्दै आएकी थिइन् । दर्नानलको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते गदालको जिल्ला अस्तपाल खाँदबारीमा उपचार भइरहेको छ ।



    घाइते २१ वर्षीय गदाल बिहीबार मात्र नेपाल प्रहरीको ३ महिने तालिम सकेर खाँदबारी आएको खुलेको छ। घटनाको थप अनुसन्धान भइरहको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार