Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • सगरमाथा दिवसका अवसरमा काठमाडौंमा पदयात्रा

    सगरमाथा दिवसका अवसरमा काठमाडौंमा पदयात्रा

    अनलाइन नेपाल
  • सोमबार, १५ जेष्ठ २०८०
  • 753
    SHARES

    काठमाडौं । १६ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

    विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलोपटक मानव पाइला टेक्न सफल भएको सोमबार ७० वर्ष पुगेको अवसरमा काठमाडौंमा भने प्रभातफेरी गरिएको छ ।



    पदयात्रामा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरी, मन्त्रालयका सचिव सुरेश अधिकारी, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा धनञ्जय रेग्मीलगायतको सहभागिता रहेको थियो ।



    नेपालका तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले सन् १९५३ मे २९ तारिखका दिन पहिलोपटक सगरमाथामा आफ्नो पाइला राख्न सफल भएका थिए ।

    सगरमाथाको पहिलो पटक सफल आरोहण गरेको अवसरमा नेपालमा अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाईँदै आइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार